जोश-जाँगर र हिम्मत प्रधानमन्त्री ओलीको जस्तो हुनुपर्छ : सुनिता बराल

काठमाडौं । सत्तारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृ सुनिता बरालले प्रधानमन्त्री केपी शर्मा ओलीको जोश जाँगर युवा पुस्ताका लागि प्रेरणादायक रहेका बताएकी छन् ।

प्रधानमन्त्री ओलीनिकट रहेकी उनले प्रधानमन्त्री ओलीमा आफू बिरामी रहेको भन्ने मनमा नराखी काम गर्ने बानी रहेको जानकारी दिइन् । बिहान ६ बजे नै प्रधानमन्त्री ओली मोर्निङवाकमा निस्कने गरेको भन्दै उनले भनिन्, ‘हामी ७ बजे बालुवाटार पुग्दा प्रधानमन्त्रीले तिमीहरु भरर्खर आउँदैछौ, म ६ बजेर मर्निङवाक गरेर आइसकेँ । अल्छि गरेर हुन्छ ? जाँगरिलो हुनुपर्छ । भन्नु हुन्छ ।’

प्रधानमन्त्री ओलीसँग अधिकांश भेटघाट भइरहने बताउन नेतृ बरालले प्रधानमन्त्री ओली खाना खानभन्दा पनि औषधि सेवनलाई ख्याल गर्ने गरेको आफूले पाएको जानकारी दिइन् । पछिल्लो समय डायलासिस गर्न थालेपछि र एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि भने प्रधानमन्त्री ओली राति अलि चाँडै सुत्ने गरेको उनको भनाइ छ ।

अरु बेला मध्यरातिसम्म भेटघाट गर्ने प्रधानमन्त्री ओली अहिले ११ बजे सुत्ने गरेको बताएकी उनले प्रधानमन्त्री ओलीमा देखिएको हिम्मत र जोश हरेक युवापुस्ताले सिक्नु पर्ने धारणा राखिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।