देश बचाउने एउटै उपाय एमसीसी फेल गराएर परराष्ट्रमन्त्रीले राजीनामा दिनु : बिजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई संसदले फेल गर्नुपर्ने बताएका छन्।

सत्तारुढ नेकपाभित्रै एमसीसीको चर्को विरोध भइरहेका बेला पाका कम्युनिष्ट नेता बिजुक्छेंले देख्दा आर्थिक सहयोग भए पनि एमसीसी परियोजनाभित्र अमेरिकाको सैन्य स्वार्थ लुकेकाले संसदले अनुमोदन गर्न नहुने जिकिर गरेका हुन्।

बिहीबार भक्तपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै बिजुक्छेंले संसदमा एमसिसी फेल गराएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहीँबाट राजीनामा घोषणा गरेर देशलाई निकास दिनु उत्तम हुने बताएका हुन्।

उनले भने, ‘एमसिसी अनुमोदन भयो भने देशलाई फाइदा गर्दैन। देश बचाउने एउटै उपाय भनेको संसदमा फेल गराएर त्यहीँ परराष्ट्रमन्त्रीले राजीनामा दिनु नै हो।’

बिजुक्छेंले अमेरिकाले बिजुलीको ट्रान्समिसन र सडकमा खर्च गर्न पैसा दिने भने पनि त्यो उसको चालबाजी मात्र भएको र सैनिक स्वार्थ पूरा गर्न सहयोगको घोषणा गरेको उनको दाबी थियो।

एमसीसीमा पाँच वर्षभित्र खर्च गर्ने गरी अमेरिकाले ५५ अर्ब सहयोग गर्ने र त्यसमा अमेरिकाले १४ अर्ब थप्ने प्रस्ताव छ। उक्त सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा दर्ता भएको छ।

बिजुक्छेंले अमेरिकाले पाँच वर्षमा दिने ५५ अर्ब देशका लागि ठूलो रकम नभएको दाबी गरे। ‘त्यति रकम त नेपालबाट अमेरिका पढ्न जाने विद्यार्थीले नै उसलाई बुझाउँछन्। त्यो लोभमा नपरौँ’, उनले भने। उनले केपी ओली नेतृत्वको सरकारको दुई वर्षे कार्यकाल सन्तोषजनक नभएको समेत मूल्यांकन गरे।

प्रधानमन्त्रीले काम गर्ने कोसिस गरे पनि पर्याप्त नभएको बिजुक्छेंले उल्लेख गरे। ‘कोसिस गरिरहनुभएको छ। तर जसरी काम गर्नुपर्ने हो। त्यसरी काम गर्न सक्नुभएको छैन’, उनले भने।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।