सरकारलाई सफल बनाई छाड्ने नारायणकाजीको उद्घोष, बन्लान् त मन्त्री ?

पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताएका छन् ।

राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएपछि आज साँझ पोखरामा आयोजना गरिएको विजयीसभामा उहाँले सरकार र सदनको प्रभावकारिता वृद्धि गरी ‘समृृद्ध नेपाल, सुखी नेपाली’को सरकारको आकांक्षालाई सफल तुल्याउन आफ्नो विजयले सघाउने दावी गरेका हुन् ।

उनले भने, “राष्ट्रियसभामा प्रभावकारी भूमिका निर्वाह गर्न र सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन विजयले मद्दत गर्नेछ । हामी सरकारलाई हर हालतमा सफल बनाइ छाड्ने छौँ, म आफ्नो तर्फबाट सम्पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दछु ।”

आफूहरुको विजयले संसद्को उपस्थिति र सरकार सञ्चालनमा सङ्ख्यात्मक अन्तर पार्ने नभए पनि पार्टीको नीति र कार्यक्रम तथा घोषणापत्र अनुसार सरकारले नेपाली समाजको आवश्यकता अनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई गुणात्मक फड्कोमा पु¥याउने विश्वास उनले व्यक्त गरे ।

नेता श्रेष्ठले राष्ट्रियसभामा उम्मेदवार बनाउने र विजयी गराउन योजना बनाउने पार्टी नेतृत्व र पार्टीलाई आभार व्यक्त गर्दै मतदान प्रक्रियामा सहभागी हुने सबैमा धन्यवाद व्यक्त गरे । पछिल्लो समय नेता श्रेष्ठ वर्तमान सरकारमा मन्त्री बन्नेबारेमा पनि अड्कलबाजी भैरहेको छ ।

नेकपाभित्रैबाट उनलाई मन्त्री बनाउनको लागि नै यो निर्वाचनमा उम्मेद्धवार बनाईएको भनेर केही नेताहरुले टिप्पणी गरेका थिए । कतिपयले त उनलाई अर्थमन्त्री बनाईनेपनि अनुमान गरेका छन् । अहिलेका अर्थमन्त्री युवराज खतिवडाको प्रस्तुतिबाट निजी क्षेत्र खासै सन्तुष्ट छैन् ।

निजी क्षेत्रको आग्रहमै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई राष्ट्रियसभामा ल्याएको पनि अनुमान गरिएको छ । उनी मन्त्री बन्छन् वा बन्दैनन् ? त्यो भने भोलिको दिनले नै बताउला । तर, उनी पहिलोपटक सांसदमा निर्वाचित भएका छन् । श्रेष्ठको यो संसदको यात्रालाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । रिपोर्टर्स नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।