सांसद बस्नेतको पहलमा ‘औद्योगीक ग्राम’ निर्माण प्रकृया अघि बढ्यो

भक्तपुर, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा औद्योगीक ग्राम निर्माणको प्रकृया अघि बढेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिमाल र दुर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा ७ विगाहा न्यूनतम क्षेत्रफलमा, पहिलो चरण ३२ औद्योगीक ग्राम निर्माणका लागि बजेट उपलब्ध गराउने निर्णय भए अनुसार सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूको सारी खोल्चामा रहेको ५१ रोपनी प्रति जग्गा कि.नं ३२४ र ३७१ मा औद्योगीक ग्राम निर्माणका लागि स्थलगत अध्ययन तथा सम्भाव्यता अध्ययन गरिएको छ ।

सांसद बस्नेतको नेतृत्वमा मन्त्रालयका उप-सचिवहरु पार्वती शर्मा, शान्ता नेपाल, मधु पौडेल र अधिकृत चम्पा दाहाल सहितको टिमद्वारा जग्गाको स्थलगत सम्भाव्यता अध्ययन कार्यको गरिएको हो ।

पहिलो पटक आफु उद्योगमन्त्री भएको समयमा विभिन्न औद्योगीक ग्रामको विकास र विस्तार गर्ने नीतिगत योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सांसद बस्नेतको उक्त कार्यलाई निरन्तरता स्वरुप हाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ ।

त्यस्तै सांसदले बनाउनुभएको योजना अनुसार नै वर्तमान सरकारले एक स्थानीय तह एक औद्योगीक ग्राम त्यस्तै एक प्रदेश एक ठूलो औद्योगीक ग्रामको योजना अघि सारी कार्यान्वयनको प्रकृयामा रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।