अमेरिकामा स’म्पर्कविहीन भनिएकी उपप्रमुखले अन्ततः अर्कैको सहयोगमा फेसबुकमा यस्तो लेखाईन्

काठमाडौं, १२ माघ । कालिकोटको तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली (दर्शना)ले आफू अमेरिकामा सम्पर्कविहीन नभएकी बताएकी छन् । केही समय यता एक गोष्ठीका लागि नगरपालिकाको प्रतिनिधित्व गर्दै अमेरिका पुगेकी उपप्रमुख दर्शना विगत चार महिनादेखि नगरपालिकाले सम्पर्कमा नरहेको समाचार आउन थालेको थियो ।

यसैबीच उपप्रमुख दर्शनाले फेसबुकमार्फत आफू सम्पर्कविहीन नभएकी बताएकी हुन् । उषा कुमाईको सहयोगमा उनले लेखाएकी छन्, ‘ओरालो लागेको मृघलाई सबैले खेद्छन् भन्थे, हो रहेछ, आज आएर बुझ्दैछु । म कतै हराएकी पनि छैन । कतै लुकेकी पनि छैन ।’

तिलागुफा नगरपालिका प्रमुख रतन शाहीलाई नै भ्रमणको स्वीकृती गराएर आफू अमेरिका गएको उपप्रमुख दर्शनाले उल्लेख गरेकी छन् ।

त्यस्तै अमेरिकाबाट अफूले पटक–पटक कार्यालयमा मेयर शाहीलाई सम्पर्क गर्दा पनि कहिल्यै फोन नउठाएको उपप्रमुख दर्शनाको दाबी छ । यसरी मेयर शाहीसँग सम्पर्क हुन नसकेपनि प्रमुख प्रशासकीय अधिकृत उद्धब रिजाल र वडा अध्यक्षहरुसँग आफ्नो कुरा भइरहेको उनको भनाइ छ ।

विरामी रहेकी उपप्रमुख दर्शनाले आफू राम्रोसँग बोल्न पनि सक्ने अवस्थामा रहेकी उल्लेख गरेकी छन् । आफ्नो उपचार भारतीय डा.अञ्जिर कुमारले गरिरहेको कुरा पनि उल्लेख गरेकी छन् । अझैं आफू पूर्ण रुपमा निको हुन पाँच महिनाजति लाग्ने समेत उल्लेख गरेकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।