चिटिक्क देखियो मुलुककै जेठो ‘दरबार हाइस्कुल’ (भिडियो सहित)

काठमाडौं । मुलुककै जेठो विद्यालय हो, दरबार हाइस्कुल । रानी पोखरी अगाडि रहेको यो विद्यालय विक्रम संवत् १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापना गरिएको हो ।

विक्रम संवत् १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा २०४८ देखि अन्य विषय पनि सर्वसाधारणले पढ्न पाए ।

तर, २०७२ वैशाख १२ गतेको भूक म्प यस विद्यालयलाई भत्का उनबाट बाँकी राखेन । भूक म्पले क्ष ति ग्र स्त बनेको सो विद्यालयको पुनर्निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्शनले पाएको थियो । चीन सरकारको पूर्ण सहयोगमा पुनर्निर्माण गरिएको यस विद्यालयको मुहार अहिले फेरिएको छ ।

रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको यो विद्यालय चारतले र ४० कक्षाकोठाकाको छ । विद्यालयको बाहिरी आवरण पहिलाको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको छ । शुरुमा निर्माण गर्दा माटो, इँट्टा र सुर्खी, माटो र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।