सडक पेटीमा मकै पोल्ने ८२ वर्षीया वृद्धालाई सहयोग

काठमाडौं : सडक पेटीमा मकै पोलेर जीविको पार्जन गर्दै आएकी ८२ वर्षीया वृद्धालाई रू १० हजार प्रदान गरिएको छ। पोखरा –१७, घारिपाटनमा दश वर्षदेखि मकै पोलेर जीवन धान्दै आएकी सहारा क्षेत्रीका बारेमा जेठ २५ गते राससमा ‘हरियो मकैले धानेको बुढ्यौली’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।

समाचारबाट उनको वास्तविकता बुझेपछि बेलायत निवासी समाजसेवी प्रेमबहादुर गुरुङ र लक्ष्मी गुरुङले अभियानकर्मी माया गुरुङमार्फत उक्त रकम पठाएका हुन्। ‘हामीले बूढी आमाको बारेमा समाचारमा पढ्यौँ चार सन्तान जन्माएर पनि बेसहारा बन्नुभएकी आमा परिवारका साथ मायाममता र उचित स्याहारका साथ बाँच्नुपर्ने उमेरमा दुःख गरेर जीवन धानिरहनु भएको रहेछ।

रक्तचापको बिरामी हुनुहुँदो रहेछ, त्यसैले सहयोग पठाएका हौँ’, प्रेमले भने। दोसल्लाको सम्मानसहित रु १०हजार बुझ्दै गर्दा क्षेत्रीको आँखा रसाएका थिए। ‘मेरै कोखबाट मैले नजन्माए पनि मलाई माया गर्ने धेरै छोराछोरी यो संसारमा छन्, मेरो दुःख देख्न नसकी मलाई दबाइ खर्च पठाउँछन्।’ उनले भनिन्, ‘बिहान बेलुकाको छाक पाखुराले साथ दिएसम्म गरेर खान्छु।’

बेलायत निवासी समाजसेवी माया गुरुङ बन्दाबन्दीले नेपालमै रोकिएपछि विपन्न परिवारका लागि सहयोग अभियानमा सक्रिय छन्। उनले भनिन्, ‘यो उमेरमा सहारा नहुँदा पनि आत्मबल दरो बनाएर आगोमा पसिना चुहाउनुभएको छ, बाँच्नका लागि संघर्ष गर्नुभएको छ।’ उनले आफू र साथी पार्वती गुरुङ कोरोनाको समयमा सहयोग अभियानमा जुटेको र हालसम्म एक हजारलाई राहत वितरण गरिसकेको जानकारी दिइन्। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।