मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा, नेकपाकै नेताहरू सशंकित
काठमाडौं, १८ असार । मन्त्रिपरिषद्को बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ ।
काठमाडौं, १८ असार । मन्त्रिपरिषद्को बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ ।
प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएपछि सत्तारुढ नेकपाभित्रै विभिन्न अड्कलबाजी सुरु भएको छ ।
पार्टीभित्र आफूमाथि संकट बढेपछि प्रधानमन्त्री ओली जुनसुकै कदम चाल्न सक्ने अड्कलबाजी हुँदै गर्दा उहाँको शीतल निवास यात्राले ती अड्कजबाजीलाई थप बल पुर्याएको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ ।
केही समयअघि दल-बदलसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्बाट पारित भएको मसी समेत सुक्न नपाउँदै राष्ट्रपति भण्डारीले जारी गर्नुभएपछि नेकपाभित्रै राष्ट्रपति भण्डारीको भूमिकालाई लिएर प्रश्न उठेको थियो ।
यसपटक पनि आफुमाथि संकट आइपर्दा प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदम र त्यस्मा राष्ट्रपति भण्डारीले दिन सक्ने सहमतिले नेकपाका नेताहरु नै सशंकित देखिएका छन् ।


