बन्दाबन्दी अवधिमा यातायात खर्च नलिने

पोखरा – नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन् ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७४ को दफा ७ को उपदफा ५ र अनुसूची १ ले सवारी सुविधा उपलब्ध नगराइएको सदस्यलाई प्रदेशसभाको वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिएको प्रत्येक दिनको निमित्त यातायात सुविधाबापत रु ७५० को व्यवस्था गरेको छ ।

बन्दाबन्दी अवधिमा सार्वजनिक यातायात नचलेको हुँदा बैठकमा आउँदा–जाँदा भाडाका सवारीसाधन प्रयोग नभएका कारण सार्वजनिक सवारीसाधन चल्ने व्यवस्था नभएसम्म उक्त भत्ता नलिने निर्णय गरिएको संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले बताए ।

कानूनीरुपमा लिन मिले पनि नैतिकरुपमा सुविधा लिन अनुचित हुने संसदीय दलको सर्वसम्मत निर्णयअनुसार यस अवधिमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सदस्यले उक्त भत्ता नलिने उनले जानकारी दिए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।