नेकपा १४ जिल्लाका अध्यक्षहरुकाे एउटै स्वर- नेतृत्वले पार्टी टुटफुट र विभाजन रोकाेस्

विराटनगर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं १ का १४ वटा जिल्लाका अध्यक्ष एवं सचिवले पार्टीलाई विभाजनबाट रोक्न माग गरेका छन्। नेकपाका १४ जिल्लाका अध्यक्ष एवं सचिवले आइतबार विराटनगरमा आयोजित सामूहिक पत्रकार सम्मेलनमा आपसी विभाजनले पार्टीलाई क्षति पुग्ने हुनाले एकताको कामलाई पूर्णता दिनुपर्नेमा जोड दिए।

उनीहरुले करिब दुई तिहाइको जनमतसहित इतिहासले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गर्नुपर्नेमा जोड दिँदै टुटफुट र विभाजन रोक्ने गरी पहल गर्न सिङ्गो नेतृत्व र आम पार्टी पङ्क्तिमा पनि आग्रह गरिएको छ । नेकपाका केन्द्रीय सदस्य गुरु बरालले सरकारलाई निरन्तरता दिइ यसमा भएको कमीकमजोरी सच्याई पार्टी सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिए। नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयाङ्गम गरी पार्टी एकतामा जोड दिए।

नेकपाका १४ जिल्लाका तर्फबाट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाइने अध्यक्ष पोखरेलले बताए। पत्रकार सम्मेलनमा १४ जिल्लाका अध्यक्ष एवं सचिवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिसमेत पढेर सुनाइएको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖