संविधानविद् डा. आचार्यले सार्वजनिक गरे यस्ता दुई पुस्तक…

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यद्धारा लिखित दुई पुस्तक The Concept of Judicial Review र Constitution and Constitutionalism सार्वजनिक गरिएको छ ।

आचार्यले सामािजक सञ्जाल फेशबुक र ट्विटरमार्फत आफ्ना दुई पुस्तक आज (आइतबार) सार्वजनिक गरेका हुन् । पैरवी प्रकाशनद्धारा प्रकाशित यी दुई पुस्तकमा नेपालको संवैधानिक इतिहास, न्यायपालिका र यसको विगत, एक दशकदेखि हालसम्म प्रधानन्यायलय/ सर्वोच्च अदालतले गरेका महत्वपूर्ण फैसलाहरूको समिक्षा, संविधान निर्माण प्रक्रिया, मौलिक अधिकार, संवैधानिक सिद्धान्तहरू प्रेस स्वतन्त्रता, विधिको शासन, न्यायकि पुनरोवलकन आदि विषयहरुबारे विस्तृत चर्चा गरिएको डा. आचार्यले जनाएका छन् ।

लेखक आचार्यले नेपालका संविधानहरू, अदालती प्रणाली, नेपाली कानूनी प्रणाली, राज्य संरचना, शासन पद्धति आदिका बारेमा जानकारी राख्न चाहने स्वदेशी तथा विदेशी जो कोहीका लागि पनि आज लोकार्पण गरिएका पुस्तकहरु उपयोगी हुने अपेक्षा राखेका छन् । आचार्यले २०५५ सालदेखिको पुस्तक लेखन यात्रामा पछिल्लो पटक २०७१ सालमा कानुन र राजनीति नामक पुस्तक प्रकाशन गरेको थिए । आचार्यद्धारा लिखित दुई दर्जनजति पुस्तक बजारमा आईसकेका छन् । उनले पैरवी प्रकाशन र यसका संस्थापक पदम शिवाकोटीलाई विशेष धन्यवादसमेत ज्ञापन गरेका छन् ।

आचार्यले अहिलेको परिस्थिति (लकडाउन) का कारण पुस्तक लोकार्पणको औपचारिक समारोह आयोजना गर्न नसकिएको पनि स्प्ष्ट पारेका छन् । पुस्तक लोकार्पणबारे जानकारी दिँदै सामाजिक सञ्जाल फेशबुकमा डा. आचार्यले लेखेका छन्,

अहिलेको परिस्थितिका कारण लोकार्पणको औपचारिक समारोह आयोजना गर्न सकिएन । सामाजिक सञ्जालबाटै आज मेरा दुई ओटा पुस्तक: The Concept of Judicial Review र Constitution and Constitutionalism सार्वजनिक गरेको छु। पैरवी प्रकाशनले प्रकाशित गरेका यी पुस्तकहरुमा नेपालको संवैधानिक इतिहास, न्यायपालिका र यसको बिगत, १० साल देखि हालसम्म प्रधानन्यायलय/ सर्वोच्च अदालतले गरेका महत्वपूर्ण फैसलाहरुको समिक्षा, संविधान निर्माण प्रक्रिया, मौलिक अधिकार, संवैधानिक सिद्धान्तहरू, प्रेस स्वतन्त्रता, विधिको शासन, न्यायिक पुनरावलोकन आदि विषयहरुबारे विस्तृत चर्चा गरिएको छ । नेपालका संविधानहरू, अदालती प्रणाली, नेपाली कानूनी प्रणाली, राज्य संरचना, शासन पद्धति आदिका बारेमा जानकारी राख्न चाहने स्वदेशी तथा विदेशी जो कोहीका लागि यी पुस्तकहरु उपयोगी हुने अपेक्षा राखेको छु। ०५५ साल देखिको पुस्तक लेखन यात्रामा पछिल्लो पटक ०७१ सालमा कानुन र राजनीति नामक पुस्तक प्रकाशन गरेको थिए । त्यसपछि यी दुई पुस्तकहरु आज तपाईहरु समक्ष प्रस्तुत गरेको छु । पैरवी प्रकाशन र यसका संस्थापक पदम शिवाकोटीलाई विशेष धन्यवाद । यहाँहरुको निरन्तर साथ र सहयोगका लागि आभारी छु । विधिको शासनको कदर होस् । सबैको भलो होस् । धन्यवाद् ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।