प्रदेश १ मा एकै दिन १९ सयको कोरोना परीक्षण गरियो

विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । आज मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार आज १८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ ।

परीक्षण गरिएकामा ४८ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ का मात्रै ५८ हजार २ सय ९४ जना नागरिकको कोरोना परीक्षण भइसकेको छ । प्रदेश १ मा रहेका प्रयोगशालाबाट हालसम्म ६५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ ।

अन्य प्रदेशका ६ हजार ७ सय ९६ जनाको कोरोना परीक्षण प्रदेश १ का प्रयोगशालाबाट भएको हो । हालसम्म प्रदेश १ मा १६ सय ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १८ जना कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।