प्रदेश १ मा एकै दिन २२ सय बढीको कोरोना परीक्षण – हालसम्म १ हजार ७५ जना कोरोनामुक्त

विराटनगर, साउन ३० । प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आज एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो ।

आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् । आज ३५ जना कोरोनामुक्त भएका छन् । हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । हालसम्म १ हजार ८ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेहरुको संख्या एक हजार ७५ रहेको छ ।

प्रदेश १ मा सबैभन्दा धेरै मोरंगमा संक्रमण देखा परेको छ । त्यस्तै क्रमशः झापा, सुनसरी र उदयपुरमा संक्रमणको दर बढी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।