इटहरीमा कोरोनाका कारण दुई दिनमा ३ जनाको मृ त्यु – संक्रमितको संख्या ५ सय नाघ्यो

इटहरी । पछिल्लो केही दिनयता इटहरीमा कोरोनाको ग्राफ बढेको छ । पछिल्लो दुईदिनमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृ,त्यु भएको छ । असोज १४ र १५ गतेको अवधिमा इटहरीका कोरोनाका कारण तीनजनाको मृ,त्यु भएको इटहरी अस्पतालका इमरजेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले पुष्टि गरे ।

इटहरी ५ का ७३ बर्षीय पुरुषको १४ गते विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृ,त्यु भएको थियो । उनले आँफैले अस्पताल गएर स्वाब दिएको धमलाले जानकारी दिए । उनको बुधबार विहान ११ बजे कोशी अस्पतालमा मृ,त्यु भएको थियो ।

त्यस्तै, बुधबार राति ९ बजेर ४५ मिनेटमा इटहरीका अर्का एक कोरोना संक्रमितको पनि मृ,त्यु भएको छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृ,त्यु भएको हो । विराट नर्सिङ होममा उपचार सम्भव नभएपछि प्रतिष्ठानमा ९ बजेर ३० मिनेटमा उनलाई आइसियुमा भर्ना गरिएको थियो । तर, उनको भर्ना भएको १५ मिनेटमै मृत्यु भएको वीपी प्रतिष्ठानका प्रबक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार ती ब्यक्तिलाई निमोनिया भएको थियो ।

त्यस्तै, १४ गते बेलुका ५ बजेर ३० मिनेटमा इटहरी ४ का अर्का व्यक्तिको पनि मृ,त्यु भएको छ । गत ११ गतेदेखि विराटनगर कारागारमा लागूऔषध मुद्धामा बन्दी सजाय भोगिरहेका उनको बुधबार मृ,त्यु भएपनि बिहीबार मात्रै कोरोना पोजेटिभ देखिएको थियो । लागूऔषध मुद्धामा सजाय भोगिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएपनि उनको मृ,त्यु भएपछि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट बिहीबार मात्र आएको थियो ।

संक्रमितको संख्या ५ सय ना,घ्यो
इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ । बुधबार राती इटहरीमा थप २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५ सय नाघेको हो । असोज ११ र १२ गते गरिएको स्वाब संकलन मध्ये थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेहरुमा इटहरी ४ का १ जना, ५० बर्षीय पुरुष, इटहरी ५ का १ जना, १९ बर्षीया महिला, इटहरी ७ का १ जना, ४५ बर्षीय पुरुष, इटहरी ८ का १ जना, ४१ बर्षीया महिला, इटहरी ९ का १ जना, २७ बर्षीय पुरुष, इटहरी १० का २ जना, २५ बर्षीय पुरुष र ३२ बर्षीया महिला, इटहरी १२ का ३ जना, ४२, ५८ बर्षीय पुरुष र ४५ बर्षीया महिला रहेका छन् ।

त्यस्तै, विभिन्न अस्पतालमा आफैँ जाँच गरेका मध्ये इटहरी १ का १ जना, २९ बर्षीय पुरुष, इटहरी ५ का ३ जना, २९, ५५, ७२ बर्षीय पुरुष, इटहरी ८ का २ जना, ३०, ३६ बर्षीय पुरुष, इटहरी ९ का १ जना, ३७ बर्षीया महिला, इटहरी १३ का १ जना, ३१ बर्षीया महिला, इटहरी १६ का १ जना, ३३ बर्षीय पुरुष, इटहरी २० का १ जना, ७७ बर्षीया महिला, नेपाली सेना इटहरी ब्यारेकका १ जना, ३१ बर्षीय पुरुष रहेका छन् । यो सँगै हालसम्म इटहरीमा संक्रमण पुष्टि भएकाको संख्या ५ सय १६ पुगेको छ ।-राजधानी दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖