गौरादह घ,टनाबारे बोले स्थानिय (भिडियो सहित)
झापा । झापाको गौरादहमा भएको ६५ बर्सिया पार्वता भण्डारीको ह,त्याबारे अहिले पनि प्रहरीको अनुसन्धान जारी छ । घ,टना सोमबार भएको भए पनि अ,पराधी पत्ता लगाउन सकेको छैन। यस बिचमा प्रहरीले मृ,तकका श्रीमानसँग करिब २ घण्टा सोधपुछ गरेको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ । प्रहरीले त्यस अघि मृ,तकका परिवारले श,ङ्का गरेका केही ब्यक्तीलाई समेत सोधपुछ गरिसकेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी उच्च अधिकारीले भने, “अनुसन्धान धेरै पाटोबाट गर्नुपर्ने हुन्छ । हामीले मृतकका परिवारले श,ङ्का गरेका ब्यक्तीसँग आवश्यक सोधपुछ गरिसकेका छौँ । मृ,तकका श्रीमान् सँग पनि हामीले मङ्गलवार केही कुराहरू सोधपुछ गर्यौ । हामी केही दिनमै अ,पराधी पत्ता लगाउदैछौं ।”
प्रहरीले सोमबार साँझ परिसकेकाले केही क्लु नभेटे पनि मङ्गलवार उज्यालोमा हेर्दा घर अगाडीको धानवारिमा जग्गा सम्बन्धीका कागजपत्र फेला पारेको थियो । यस्तै सोमबार राति अबेर सम्म प्रहरीले सङ्घीय प्रहरी इकाई धरानबाट झिकाएको कुकुरबाट अनुसन्धान सुरु गरेको थियो । डग स्न्याफिङ गराए पनि खासै प्रहरीलाई त्यस बेला सफलता मिलेन । तर अनुसन्धानलाई सघाउ भने पुगेको प्रहरी उच्च श्रोत बताउँछ ।

यस्तै घ,टनाको दोस्रो दिन मङ्गलवार मृ,तकका पति भीम भण्डारीसँग प्रहरीले सोधपुछ गर्नु अघि हामीले पनि कुराकानी गरेका थियौँ । उनले हामीसँगको कुराकानीमा आफू सोमबार दिउसो करिब १ बजेको समयमा घरबाट बाहिर निस्किएको र बेलुका करिब साढे ४ बजेको समयमा घर फर्कँदा श्रीमतीलाई र,ग,तको आ,हालमा भेटेपछि हा,रगुहार गरेको बताएका छन् । उनले आफू र आफ्नो परिवारलाई २ वर्ष अघि जग्गाको लेनदेनको विषयमा मा,र्छु र का,ट्छु भन्दै ध,म्क्याएको भए पनि अहिले सो घ,टना साम्य भएको बताएका थिए ।
यस्तै बुधवार बिहान मृ,तकका नाता पर्ने एक ब्यक्तीले हामीलाई टेलिफोन मार्फत दिएको जानकारी अनुसार अहिले प्रहरीले मृ,तकका श्रीमान् माथि पनि श,ङ्का गरेको पाइएको छ । तर मृ,तकका नाता पर्ने ती ब्यक्तीले भने आफूहरूलाई भने यस्तो कुरामा विश्वास नै नलाग्ने बताएका छन् ।
प्रहरीको अनुसन्धान जारी नै रहेका बेला विभिन्न कोणबाट अनुसन्धान हुनुलाई स्वभाबिच रूपमा लिनुपर्ने झापा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाको भनाइ छ । ह,त्या,रा अझै पत्ता लागेन नि भन्ने हाम्रो जिज्ञासामा एसपी कोइरालाले भने, “अनुसन्धान जारी छ । फ्याट्टै यसै हो भन्न सकिने अवस्था रहन्न । तर हामीले आवश्यक सोधपुछको कामलाई जारी राखेका छौँ । कसैलाई नियन्त्रणमा लिएको भन्ने खबर चाहिँ होइन । ”
यस बिचमा श,ङ्काको सुई जतातिर फर्किएको भए पनि प्रहरीले आफ्नो अनुसन्धानलाई अगाडी बढाइरहेको छ । तर यो घ,टनाका सम्बन्धमा केही प्रश्नहरू भने पक्कै पनि उब्जाएकै छ । जुन प्रश्न अझैसम्म पनि अनुत्तरित नै छ ।


