पाख्रीबासका प्रहरी नायव निरीक्षक शाक्य भाद्र महिनामा धनकुटाकै उत्कृष्ट प्रहरी !

धनकुटा खबर । ईलाका प्रहरी कार्यालय पाख्रीवास धनकुटाका प्रहरी नायव निरीक्षक उज्वल शाक्यलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले २०७७ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । उहाँले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट काम गरेको मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यलय धनकुटाले उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

उहाँले विभागिय नीति अनुसार आदेश निर्देशन बमोजिमको पालना गरी व्यवसायिक लगनशिल र कर्तव्यनिष्ठ ढंगले परिचालित भई आफ्नो क्षेत्र ईलाकाहरुमा लुकीछिपी रहेका विभिन्न मु,द्धाका फ,रार अ,पराधिलाई प,क्राउ गरी कार्यालयमा दाखिला गरेको भन्दै शाक्यलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

शाक्यले विभिन्न निकाय सँग समन्वय गरि कार्यालय परिसरमा कम्पाउण्ड, वाल, ग्यारेज निर्माण कार्य गरेको, कार्यालय सञ्चालन पूर्ण तवरले व्यवस्थापन गर्नुका साथै दैवी प्र,कोप उ,द्धारमा सक्रिय रुपमा परिचालित भई हाल विश्वव्यापी कोरोना महामारीको रोकथाम नियन्त्रणका लागि अहम भूमिका निर्वाह गर्दै जनताको शान्ति सुर,क्षा एवम् अमन चयन कायम राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गरेको साथै समाजमा शान्ति सुर,क्षा कायम राख्ने आम जनमानसको वीच प्रहरीको छवि उच्च वनाउने कार्य गरेको जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।