अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सिडिइ शर्माविरुद्ध मु द्दा

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सिडिइ सुरेशकुमार शर्माविरुद्ध आज विशेष अदालतमा मु,द्दा दायर गरेको छ । विभिन्न आयोजना तथा कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरेर रु तीन करोड छ लाख ५४ हजार ९३२ बराबर स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगका अनुसार २०५२ माघ २५ गते राप तृतीय श्रेणी इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिई सार्वजनिक सेवामा प्रवेश गर्नुभएका शर्माले २०५३ साउन ४ गतेदेखि स्थायी भएको पाइएको छ । यस्तै आव २०७६÷७७ सम्मको परीक्षण अवधिमा सिर्जित सम्पत्ति एवम् खर्च भएको विवरणको तुलना गर्दा आय अस्वाभाविक देखिएको आयोगको आ,रोप छ । शर्माको बैध आय रु दुई करोड ३५ लाख ३१ हजार ६७४ रहेको छ । खर्च तथा लगानी भने रु पाँच करोड ४१ लाख ८६ हजार ६०६ रहेको पाइएको छ ।

वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति एवम् विद्यमान सम्पत्ति तथा खर्च लगानीको स्रोत नखुलेको पाइएको आयोगले जनाएको छ । अवैध रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती बबिता फुँयाल शर्माको नाममा समेत राखेको पाइएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी शर्माको अवैध सम्पत्ति जफथ गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अवैध तरिकाले कमाएको सम्पत्ति आफू र श्रीमतीको नाममा जग्गा खरिद गरेको, विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेको तथा विभिन्न कम्पनीको संस्थापक एवम् साधारण शेयर समेत खरिद गरेको पाइएको छ । घुस लिएको अभियोमा कार्यालय सहयोगी प,क्राउ

यस्तै आयोगले सेवाग्राहीबाट रु २४ हजार घुस लिएको अभियोमा जनकपुरधाम उपमहानगरपालिका–१३ का वडा कार्यालय सहयोगी दिलीपकुमार पञ्जियारलाई आज कार्यालयबाटै प,क्राउ गरेको छ ।

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिश गराइदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा बर्दिबासबाट गएको आयोगको टोलीले पञ्जियारलाई प,क्राउ गरेको हो । आ,रोपीमाथि थप अनुसन्धान भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।