कृषि र पशु बिज्ञान अध्ययन संस्थानका डिनको मनपरीतन्त्र ! नेबि संघले गौरादहमा लगायो अनिश्चितकालिन ताला !

झापा । कृषि र पशु बिज्ञान अध्ययन संस्थानले गत असोज ६ गते गौरादह र रामपुर क्याम्पस खैरहनीका लागि आवश्यक केहि शिक्षक र कर्मचारी हरुको विज्ञापनमा पदपूर्ति समिति गठन गर्यो ।

त्रिवी को आचारसंहिता बिपरित गठन भएको भन्दै यस समिति लाई लिएर असोज ८ र ९ गते अध्ययन संस्थान अन्तर्गत क्याम्पस मा नेविसंघले यसमा आपत्ति जनाउनका साथसाथै छुट्टा छुट्टै पत्र मार्फत ५ बुदे माग पत्र राख्दै अध्ययन संस्थान, रजिस्टार कार्यालय को ध्यानाकर्षण पनि गराएको थियो। यस शिलशिलामा विभिन्न माध्यमबाट डिन कार्यालय मा सम्पर्क गर्दा पनि केहि सुनुवाई नभएको भन्दै आज नेपाल बिद्यार्थी संघ गौरादह इकाई समितिले गौरादह कृषि क्याम्पस अनिश्चितकालका लागि तालाबन्दी गरेको छ।

उक्त कार्यको नेतृत्व गौरादह कृषि क्याम्पसका बिद्यार्थी नेता शार्दूल भट्टराई लगायात नेबि संघ नेता रबिन ढुंगाना , मोहन दंगाल, डिक खड्का लगायतले गर्नु भएको थियो। तत्काल मागहरुको सुनुवाई नभए थप आन्दोलन को कार्यक्रम को साथ् साथै अघि बढ्ने उपस्थित बिद्यार्थी नेता हरुले बताउनुभयो।

के गरे त डिनले ?
१. कानुन बिपरित पुरानै पदपूर्ति समिति लाइ निरन्तरता दिएको, । २. पदपूर्ति समिति मा क्याम्पसको प्रतिनिधित्व नगराएको, । ३. आफु अनुकुल बिद्यार्थीको नतिजा प्रकाशित गरेको र बाँकी बिद्यार्थी को भाबिस्य अन्योल पारेको । ४. अध्ययन संस्थान लै राजनैतिक भर्तीकेन्द्र बनाउन खोजेको।

के छन् त बिद्यार्थी का माग ?
१. पदपूर्ति समिति तत्काल खारेज गर्नुपर्ने । २. क्याम्पस को प्रतिनिधित्व गरेर नया समिति को गठन गर्नुपर्ने । ३. सम्पूर्ण बिद्यार्थी लाइ समान व्यवहार गर्नुपर्ने । ४. अध्ययन संस्थान लाई राजनैतिक भर्ति केन्द्र बनाउने नहुने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।