कोभिड अस्पतालमा कोरोना सङ्क्रमितबाट शिशुको जन्म!

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् । झापा बिर्तामोडकी २९ वर्षीया ग,र्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो ।

उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो । बिपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको श,ल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिनुभयो । साहसहित डा अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा जगत्प्रसाद, डा सहज पौडेल र नर्स गोमाको टोलीले उनको सफल प्रसूति गराएको थियो ।

अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले आज जानकारी दिनुभयो । एक महिनाअघि पनि प्रतिष्ठानको कोभिड अस्पतालमा स,ङ्क्रमितले शिशु जन्माएकी थिइन् । ती आमा र शिशुको अवस्था पनि सामान्य रहेको बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖