चुँदी रम्घामा बन्यो रामायण भवन !

तनहुँ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा रामायण भवन निर्माण कार्य सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पर्यटन विभागको मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा करिब रु तीन करोडको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।

भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्यस्थलका रुपमा विकास गर्न भवन निर्माण गरिएको भानु नगरपालिकाले जनाएको छ । विसं २०५२ मा सोसमिति गठन गरिएको हो । नेपाल सरकारसँग समिति गठनका लागि पहल गरिए पनि समिति गठन हुन नसकेको भानु नगरपालिका–४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताउनुभयो । यसअघि सो संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकको रुपमा विभिन्न क्षेत्रका व्यक्तिलाई मनोनयन गर्दै आएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले समेत काम हेर्दै आएको बताइएको छ ।

भवन निर्माण पूरा भए पनि रामायणमा भएका श्लोकहरु, रामायणसम्बन्धी तस्वीर कुद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ । भवनको बार्दली सालको काठ प्रयोग गरी निर्माण गरिएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले बताउनुभयो । भानु जन्मस्थल विकास समितिले भानु जन्मस्थल क्षेत्रमा निर्माण भएका र निर्माणधीन संरचनाको संरक्षण र सम्वद्र्धन गर्दै आएकामा हाल समितिविहीन भएकाले संरक्षण गर्न कठिनाइ भएको उहाँले जानकारी दिनुभयो ।

“संरक्षण तथा पर्यटक गाइड पनि व्यवस्थापन गर्न थुप्रै जनशक्ति आवश्यक पर्छ, पालिकाले सिधैँ कर्मचारी भर्ना गर्न मिल्दैन”, उहाँले भन्नुभयो । सङ्घीय सरकारको मातहतमा रहेको समिति विघटन भएकाले अहिले समितिविहीन अवस्थामा रहेको छ । रामायण भवन निर्माण गरिए पनि विघटित समितिको पुनःगठन हुन नसक्दा भवनका सामान चोरी हुने, आगलागी हुनेलगायतका जोखिम रहेको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले भन्नुभयो ।

राष्ट्रिय विभूतिको सम्मान गर्न पनि सङ्घीय सरकारले जिम्मा लिने गरी समिति गठन हुनुपर्नेमा नगरपालिकाले जोड दिँदै आएको छ । सङ्घले प्रदेशलाई, प्रदेशले नगरपालिकालालाई र नगरपालिकाले वडालाई जिम्मेवारी दिएर खुम्च्याउने काम गर्न नहुने नगरप्रमुख गौलीले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।