धनकुटाका २ जना सहित प्रदेश १ मा ३०४ जना कोरोना संक्रमित थपिए
विराटनगर । धनकुटाका २ जना सहित प्रदेश १ मा आज ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटाको धनकुटा नगरपालिकामा २ मोरङमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, ईलाममा २ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १ सय ११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष छन् । मोरङको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७–७, उर्लाबारी र ग्रामथानमा ३–३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै झापाको दमकमा १०, विर्तामोड र गौरादहमा ४–४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १–१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २, इलामको चुलाचुली र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ७ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ४ सय १ पुगेको छ । यो प्रदेशमा आज ४ सय २२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ३४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कालि सदन आईसोलेसन, र बैजनाथपुर आईसोलेसनबाट ७–७, नोवेल अस्पताल र बेलबारी आईसोलेसनबाट ६–६, धाईजन आईसोलेसन केन्द्र र न्युरो अस्पतालबाट ४–४, जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आईसोलेसनबाट ३–३, कोभिड १९ आईसोलेसन अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र रंगेली र मेची अस्पतालबाट २–२, इलाम अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार १ सय १ पुगेको छ । प्रदेश १ मा आज १ हजार १ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय २३ महिला र १ सय ८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिलेसम्म १ लाख ६४ हजार ६ सय ४० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


