जनतासँगै प्रदेश सरकार छ – मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुव्बा गुरुङले जनताको सुख दुःखमा जनतासँगै प्रदेश सरकार रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री गुरुङले आज दिउँसो मस्र्याङ्दी गाउँपालिका वडा नं.१ घनपोखरामा एक घर एक धारा खानेपानीको उद्घाटन गर्दै विगतमा प्रदेश सरकार नहुँदा जनताले कुवाँबाट पानी खानुपर्ने, एक गाग्री पानी भर्न घण्टौ कुर्नुपर्ने लगायतका समस्याको अन्त्य गर्दै यतिबेला प्रदेश सरकारले जनताको घर घरमै धारा उपलब्ध गराउँदै आएको बताउनुभयो ।

प्रदेशका सबै पालिकामा कालोपत्रे सहितको सडक पु¥याउने लक्ष्यले प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । उहाँले भन्नुभयो, “पाँच वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा पक्की सडक निर्माण गर्छौ ।” कोभिड १९ का बिरामीहरुको प्रदेश सरकारले निःशुल्क उपचार गर्दै आएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । सो वडाको नायू र घनपोखरामा ६५÷६५ गरी १३० घरमा एक घर एक धारा पुगेको छ ।

स्थानीयको २० लाख बराबरको जनश्रमदान र प्रदेश सरकारको गरी कुल रु एक करोड आठ लाख २९ हजार रुपैयाँमा सो योजना निर्माण भएको वडा कार्यालयले जनाएको छ । त्यस्तै, सोही वडाको वडा कार्यालय भवनको मुख्यमन्त्री गुरुङले आज शिलान्यास गर्नुभयो । गाउँपालिकाको ७१ लाख रुपैयाँमा एउटा मिटिङ हलसहित पाँच कोठे एक तले भवन निर्माण हुने गाउँपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।