प्रधानमन्त्री ओलीको सम्पुर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा भयो, मन्त्रीहरुको आधा मात्र जम्मा हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा भएको सरकारले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले यसअघि नै आफ्नो सम्पूर्ण पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको थियो ।

सो घोषणाअनुसार सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा भईसकेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने जानकारी दिनुभयो ।

त्यस्तै, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनु भयो । त्यस्तै सरकारले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

सो समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषाल सदस्य रहनुभएको छ ।

कोभिड १९ विरूद्धमा प्रयोग हुने खोप नेपालमा उपयोग गर्न खोपसम्बन्धी कार्ययोजना पनि स्वीकृत गरिएको मन्त्री गुरुङले बताउनुभयो । त्यस्तै, सरकारी स्वास्थ्य संस्थाहरुमा कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय सरकारले गरेको छ । राज्य सबैको अभिभावक भएकाले त्यो सरकारको जिम्मेवारी भएको उहाँले बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पताल विकास समिति, अङ्ग प्रत्यारोपण समन्वय समिति गठन गर्ने निर्णय सरकारले गरेको छ । बाहिरबाट आउने नेपालीहरुलाई यसअघि कात्तिक ३० गतेसम्म आगमनलाई रोक लगाइएको भएपनि समय विस्तार गरी मंसिर ३० गतेसम्म कायम गर्ने निर्णय सरकारले गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।