नेकपाकाे आन्तरिक झगडाले विकास रोकिँदैन : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताएका छन् । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित श्रवणकुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्रको आज शिलान्यास गर्दै उनले समृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा तीनै तहका सरकार प्रतिबद्ध रहेको बताए ।

प्रदेश सरकारले ज्येष्ठ नागरिक तथा अपाङ्गका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र समाजको सझेदारीमा गरिने निर्माण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । सरकार सडक मानवरहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उहाँले त्यसका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे । कोरोना भाइरसको उपचारमा तीनै तहका सरकार जिम्मेवार भएर लागेको भन्दै उनले सरकारी अस्पतालले निःशुल्क उपचार गर्दा पनि कतिपय बिरामीलाई परिवारले निजी अस्पतालमा लैजाने गरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सरकार ज्येष्ठ नागरिकप्रति गम्भीर रहेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र ज्येष्ठ नागरिक भत्ता पाँच हजार पुग्ने विश्वास व्यक्त गरे । उनले दिवा सेवा केन्द्र सञ्चालनमा आएपछि एक वर्षसम्म बुबाआमालाई आफ्नो तर्फबाट खाजाको व्यवस्था गर्ने जानकारी दिए। अर्का प्रदेशसभा सदस्य विन्दु थापाले समाजका ज्येष्ठ नागरिकलाई घरघरमा दिनुपर्ने व्यवहार यथेष्ठ नपुगेको बताउँदै दिवा सेवा केन्द्र सञ्चालनमा आएसँगै उनीहरुलाई केही हदसम्म भए पनि सुविधा पुग्ने बताए ।

प्रदेशसभा सदस्य प्रभा कोइरालाले आफ्नो व्यक्तिगततर्फबाट रु ५० हजार १५५ अक्षयकोषको लागि प्रदान गर्ने घोषणा गर्दै प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रमबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रदेशसभा सदस्य मीना गुरुङ र पुष्पा केसी भण्डारीले ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माणमा सरकारी तथा आप्mनो तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले लामो समयदेखिको अथक प्रयासबाट केन्द्र निर्माणकार्य अघि बढेको बताए । कार्यक्रममा केन्द्रको निरन्तरताका लागि समितिले सञ्चालन गरेको अक्षयकोषमा जम्मा हुने गरी राजेश गुरुङले रु एक लाख, लोकबहादुर थापाले रु ५० हजार र कार्यसमितिको तर्फबाट रु १२ लाख गरी कूल रु १४ लाख जम्मा भएको अध्यक्ष दानबहादुर बानियाँले जानकारी दिए ।

बडहर बोटस्थित सार्वजनिक जग्गामा कूल रु तीन करोडको लागतमा तीनतले पक्की भवन निर्माण गरिनेछ । भवनको पहिलो तलामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, अध्ययनस्थल र भान्छा रहने छ भने दोस्रोमा प्रवचन तथा योगकक्ष तथा तेस्रो तल्लामा कार्यालय स्थापना गरिने बताइएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गरिने सो भवनका लागि प्रदेश सरकारबाट रु एक करोड, पोखरा महानगरपालिकाबाट रु एक करोड र सङ्घीय एवं प्रदेशसभा सदस्यहरुबाट समेत सहयोग हुने आश्वासन प्राप्त भएको संस्थाका सचिव दिनेश श्रेष्ठले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।