अब राजतन्त्र फर्कन सक्दैनः मुख्यमन्त्री गुरुङ

गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजवादीको आन्दोलनले राजतन्त्र नर्फकने दाबी गरेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको १२ औँ वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोद्धन गर्दै उहाँले गइसकेको राजतन्त्र ल्याउँछु भन्ने कुरा विद्युत्को विकल्पमा अगुल्टो खोज्नुजस्तै भएको बताए ।

“हटिसकेको राजतन्त्र ल्याउँछु भन्नु र घाम खस्छ भन्नु उस्तै उस्तै हो”, मुख्यमन्त्री गुरुङले भने । उनले कोरोना सङ्क्रमणले समस्या मात्रै हैन, अवसरसमेत प्रदान गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति गराउन कोरोनाले अवसरसमेत दिलाएको बताए । “कोरोनाले अत्यन्तै समस्या ल्यायो, हामी सबैलाई निराससमेत बनायो”, मुख्यमन्त्री गुरुङले भने, “कोरोनापछि स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुनेछ, अस्पताल निर्माण हुनेछन्, आगामी दिनमा थाल खानेकी भात खानेको अवस्था आउनेछैन ।”

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले जनतालाई छिटोभन्दा छिटो विकास दिन खोजेको भन्दै विकास र सुशासनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । तीन तले सो भवन रु एक करोड पाँच लाखको लागतमा निर्माण भएको हो । महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।