जनता समाजवादी पार्टी ले जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने
काठमाडौं । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) ले जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायत विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा पुस १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौँमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय भएको उल्लेख छ ।
बैठकले संसद अधिवेशन आव्हान गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गर्ने समेत निर्णय पनि गरेको छ ।


