ओली गुटको प्रदेश नं. १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने

काठमाडौं । नेकपाको केपी ओली पक्षले केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । त्यसका लागि सातै प्रदेशमा केन्द्रबाट नेताहरु खटिने भएका छन् ।

ओली पक्षले मंगलबार बालुवाटारमा केन्द्रीय समिति बैठकमार्फत ५५६ जना केन्द्रीय सदस्य थप गरेको छ । ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीका अुनसार मनोनित केन्द्रीय सदस्यहरुलाई कार्यगत प्रशिक्षण दिन सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदीप ज्ञवाली तथा नेता कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा स्थायी समिति सदस्य शंकर पोखरेललगायत नेताहरु छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई खटाएको सुचना प्रवक्ता ज्ञवालीले जारी गरेका छन् । लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा खटिने भएका छन् भने गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेललाई जिम्मेवारी दिइएको छ ।

बागमती प्रदेशमा प्रशिक्षणको जिम्मा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल तथा प्रदेश नं २. ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो रहेका छन् । तर, रघुवीर महासेठ प्रचण्ड नेपाल पक्षमा छन् । त्यस्तै प्रदेश नं. १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖