ओली नेतृत्वको नेकपाको विद्यार्थी संगठन १ हजार ९९ सदस्यीय : स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ। यही पुस १० देखि १२ गतेसम्म काठमाडौँमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य संख्या एक हजार ९९ पुर्‍याएको हो।

बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका संयोजक ऐन महरले अनेरास्ववियुको अन्तरिम विधान संशोधन गरी केन्द्रीय सदस्य संख्या एक हजार ९९ पुर्‍याइएको बताए।

यस्तै बैठकले समसामयिक राजनीतिक र शैक्षिक प्रस्ताव तथा सांगठनिक कार्ययोजनासमेत पारित गरेको छ। बैठकले यही पुस १९ गते काठमाडौँमा भेला गर्ने, २२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय भेला र जिल्ला सम्मेलन आयोजक कमिटी गठन गर्ने तथा २५ गते सबै विश्वविद्यालय एकाइको बैठक÷भेलाको आयोजना गर्ने भएको उपाध्यक्ष सुनिता बरालले जानकारी दिए।

बैठकले कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध शिक्षा प्रणाली र शैक्षिक सत्रलाई तत्काल शुरु गर्न सरकारसँग आग्रह गरेको छ। बैठकले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने वातावरण बनाउन सबै विश्वविद्यालय र सरकारसँग आग्रह गरेको उपाध्यक्ष बरालले जानकारी दिए।

बैठकले निर्वाचनका लागि वातावरण बनाउन अन्य सहकर्मी संगठनसमक्ष आग्रह गर्ने निर्णय पनि गरेको छ। त्रिभुवन विश्वविद्यालयमा आठ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन। कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्नसमेत सरकारसँग आग्रह गरिएको छ।

प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा भइसकेको र मुलुक निर्वाचनउन्मुख भइसकेकाले सबै मातहत कमिटी र सम्पूर्ण संगठनको पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गर्दै सबै राजनीतिक दललाई निर्वाचनको अभियानमा स्वस्थ बहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदुढ गर्न अनुरोध गरेको छ।

बैठकले कोभिड–१९ को महामारीबाट प्रभावित निजी र सार्वजनिक क्षेत्रलाई राहत र पुनस्थापनाका कार्यक्रम उपलब्ध गराएर आर्थिक पुनरुत्थान गर्न, रोजगारी गुमाई फर्किएका युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन र महामारीका कारण जनतामा गरीबी र अभावको थप मार पर्न नदिनका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।