नेकपाको प्रचण्ड-नेपाल समूहले संसद विघटनविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ ।

नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समिति सचिवालयको बुधबार बसेको बैठकले प्रतिनिधिसभाको असंवैधानिक बिघटनका विरुद्ध शुरु गरिएको पहिलो चरणको कार्यक्रम अन्तर्गत २०७७ साल पौष १४ गते आयोजना गरिएको विरोध प्रदर्शन भव्यरुपमा सम्पन्न भएको निश्कर्ष पनि निकालेको छ । साथै बैठकले विरोध प्रदर्शनका क्रमका कहिँ कतै उच्छृंखल र अमर्यादित नाराहरु पनि लगाइएको जनगुनासो सुनिएकाले अबका कार्यक्रमहरुमा कडाइका साथ निगरानी गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश, जिल्ला, गाउँरनगर पालिका र वडातहसम्म एक हप्ताभित्रमा संघर्ष समिति गठन गर्ने, विभिन्न जनवर्गीय संगठनहरूले आ–आफ्नो तहबाट रचनात्मक ढंगले संघर्षका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईको संयोजकत्वमा डा।विजयकुमार पौडेल, विष्णु रिजाल र महेश्वर दाहाल रहेको केन्द्रीय संघर्ष प्रचार–प्रसार समिति गठन समेत गरेको छ ।

त्यसैगरी सबै तहका पार्टी कमिटी र जनवर्गीय संगठनहरुले आ–आफ्नो कार्यक्षेत्रमा प्रतिगमन विरोधी संघर्ष सञ्चालन बारे अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने छन् । विभिन्न क्षेत्रमा स्थापित महानुभावहरु, नागरिक समाजका अगुवाहरु, अधिवक्ताहरु, साहित्यकार, कलाकार, बुद्धिजीवी, शिक्षक–प्राध्यापक, मानवअधिकारकर्मी, उद्योगी–ब्यवसायी, यातायात ब्यवसायी, सञ्चारकर्मी, सञ्चारउद्यमी, चिकित्सक तथा स्वास्थ्यकर्मी, मजदूर तथा किसानका संगठनहरु, विभिन्न क्षेत्रका पेशाकर्मीहरु, विभिन्न सामाजिक संघ–संस्थाकाअगुवा महानुभावहरु, महिला संगठनहरु, विद्यार्थी तथा युवा संगठनहरु सबैलाई प्रतिगमन विरोधी संघर्षमा दृढताका साथ सामेल हुन अनुरोध गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।