नेकपा ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दै, यी नेताले गर्दैछन सम्बोधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले शनिबार राजधानीमा कार्यकर्ता भेला गर्दैछ । बृहत कार्यकर्ता भेला भनेर प्रचार गरिएको कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीमा सुरु हुँदैछ । भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरु रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको छ ।

यसअघि ओली समूहले बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा सुदूरपश्चिमका कार्यकर्ताको भेला गरेको थियो । संसद् विघटनको निर्णय पछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् । उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् । नेकपाको प्रचण्ड-नेपाल समूहले भने ओलीको कदमको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रचण्ड–नेपाल समूहले संसद विघटन प्रतिगामी कदम भएको भन्दै तत्काल पुनःस्थापनाको माग गरेको छ । ओलीले भने संसद पुनःस्थापना नहुने प्रष्ट पार्दै वैशाखका लागि तोकिएको मध्यावधि निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।