पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा पर्यटन

दमौली,पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा पर्यटन र पूर्वाधारयुक्त केबुलकार परियोजना निर्माण अगाडि बढेको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजमले शुरु गरेको करिब रु दुई अर्ब लागतको पर्यटकीय अवधारणाले गाउँ छाडेका सबै स्थानीयवासी गाउँ फर्किने र नयाँ व्यवसायमा अगाडि बढ्ने क्रम बढिरहेको छ । बन्दीपुर गाउँपालिकाको सहजीकरणको कारण यस क्षेत्रमा लगानीको माहोल बनेको लगानीकर्ता बताउँछन् । बन्दीपुरको मिनी ग्रेटवाल, साइकल लेन, जङ्गल सफारीका पूर्वाधारमा सो केबुलकारले थप प्रवद्र्धनको योजना बनाएपछि यो क्षेत्र साहसिक पर्यटकीयस्थलको रुपमा विकसित हुने सो केबुलकारका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।

साहसिकस्थललाई केन्द्रमा राखी सो केबुलकारले आफ्ना सहायक कम्पनीमार्फत अग्लो बन्जी जम्पको निर्माण प्रक्रिया थालेको छ । यस्तै जङ्गल पिङ, एक हजार ८०० मिटर लामो स्पाइडर जीप लाइन, ६०० मिटर लामो भिरमा टुँडिखेलसम्म वाक थ्रु, ५० मिटर लामो शिशाको पुलसमेत बनाउने गरी डिपिआर तयार गरिएको छ । यस्तै स्काइसाइकिलिङलगायतका मनमोहक मनोरञ्जन पूर्वाधार निर्माण गरी दैनिक पाँच हजारबढी पर्यटक बन्दीपुरमा भित्र्याउने लक्ष्य राखिएको छ । पाँच वटा सहायक कम्पनीमार्फत थप रु एक अर्ब लगानी यो क्षेत्रमा गर्ने योजना बनाइएको शर्माले जानकारी दिनुभयो । “हर्स राइडिङ सेवा र छिम्केश्वरीदेखि रामकोटसम्म ४० किमि साइक्लिङ सेवासमेत शुरु गरेर गाउँ–गाउँसम्म पर्यटकीय गतिविधि चलाउने योजना छ”, शर्माले भन्नुभयो ।

बन्दीपुरमा निर्माणाधीन केबुलकारको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । माथिल्लो स्टेशनमा १५ तल्ले क्विनटावर निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ । क्विनटावरबाट फराकिलो कुहिरोको समुद्र देखाउने साथै हिमालय दर्शन गराएर बन्दीपुरको सुन्दरता अनुभव गराउने तयारी छ । बन्दीपुरको विकासका लागि आगामी दश वर्षभित्र १० लाख लगानीकर्तामार्फत रु १० अर्बको लगानी लगाएर सामूहिक व्यावसायिक अभियान सञ्चालन गर्ने योजना बनाइएको छ ।

“बन्दीपुर अवधारणा देश र विदेशमा प्रचारप्रसार गर्ने र देश समृद्ध बनाउने कम्पनीको सोच छ”, उहाँले भन्नुभयो । आरकेडी समूहअन्तर्गत रहेको यस कम्पनी समूहमा हाल स्वदेश र विदेशमा गरी तीन हजार सदस्य छन् । यस अभियानलाई साथ दिन केबुलकार परियोजनामा गाउँपालिकाले समेत लगानी गरेर स्थानीय लगानीको प्रवद्र्धनका लागि सचेतना जगाउने कार्य गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । यसले गर्दा स्थानीयवासीसमेत लगानीका लागि आकर्षित हुँदै गएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।