केन्द्र परिवर्तन गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

पर्वत, पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र परिवर्तन गर्ने नगर कार्यपालिकाले गते पुसमा निर्णय गरेको थियो ।

नगर कार्यपालिकाको बैठकले अहिले सञ्चालनमा रहेको नगरकार्यपालिकाको कार्यालय फलेवास–५ कै झकलकमा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त निर्णयलाई रोक्का गर्न आदेश दिएको हो । नगर प्रमुखसहितको बैठकले स्थान परिवर्तनसहित प्रमुख प्रशासकीय भवन निर्माण गर्ने निर्णय गरेपछि उपप्रमुख मन्जु अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

अहिलेको कार्यालय खानीगाउँकै पिप्लेमा रहेको फलेवास सिँचाइ आयोजनाको कार्यालयमा रहेको छ । नयाँ स्थानान्तरण हुने झकलक झण्डै एक किलोमिटरको दूरीमा रहेको छ । झकलकमा ६० दशमलव आठ रोपनी जग्गा उपलब्ध भएको छ । उक्त जग्गामध्ये अधिकांश स्थानीयवासीले नगरपालिकालाई अनुदानस्वरूप दिएका हुन् । जम्मा तीन रोपनी क्षेत्रफलमा रहेको सिँचाइको भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको र आफ्नो स्वामित्वमा नभएका कारण अन्य भौतिक पूर्वाधारसमेत थप गर्न कठिनाइ भएपछि नयाँ स्थानमा केन्द्र र प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्चको आदेशसँगै तत्काललाई परिवर्तनको प्रक्रिया रोकिएको र नयाँ कार्ययोजनाका साथ अघि बढ्ने बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाको मुख्य प्रशासनिक भवन, विषयगत शाखाका भवनसहित बजार क्षेत्रको विस्तारलगायत नगरपालिकाको केन्द्रका लागि आवश्यक पूर्वाधार झकलकमा निर्माण कार्य अघि बढाइने योजना रहेको थियो । मुख्य प्रशानिक भवन निर्माणको काम चालु आर्थिक वर्षभित्रै शुरु गरिने योजना कार्यपालिकाको थियो भने भवन निर्माणका लागि बोलपत्रसमेत आह्वान भइसेकेको थियो ।

नगरपालिकाको केन्द्र साविकको ठाउँबाट अन्यत्र लैजानबारेमा अहिले भइरहेको कार्यालय वरिपरिका बासिन्दाले भने विरोध गरिरहेका थिए । उनीहरुले गएको असारमा नगरपालिका घेराउसमेत गर्दै भइराखेको स्थानमा कायम गर्न माग गरेका थिए । केन्द्र स्थानान्तरणको निर्णयमा नगर उपप्रमुख मन्जु अधिकारीले भने असहमति जनाउँदै आउनुभएको थियो । उहाँले आवश्यक छलफल र तयारीबिनै सार्न लागिएको भन्दै निर्णयमा असहमति जनाउनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖