सत्र नलाग्दै चु,रोट र सु,र्तीको लत !

बलेवा, सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको सुर्तीजन्य पदार्थको स्वास्थ्यमा प्रभाव र यसको नियमनसम्बन्धी ऐन नियम र मापदण्डका सम्बन्धमा आयोजित पैरवी कार्यक्रमका सहभागीले युवा र किशोर अवस्थामा सुर्तीजन्य वस्तुको सेवनबाट बचाउनुपर्ने आवश्यकताबारे चिन्ता व्यक्त गरे । बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले किशोर अवस्थामा कुलतबाट जोगाउन सकेमात्र भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने भन्दै प्रशासनबाट नियमन कडाइ गरिने बताउनुभयो । उहाँले सार्वजनिकस्थलमा चुरोट र सुर्तीजन्य वस्तु सेवन गर्नेलाई कारवाही गरिने बताउनुभयो ।

“कारवाही गर्ने अधिकारीका रूपमा प्रजिअलाई तोकेको छ, अब हामी कडाइका साथ अनुगमन पनि गर्छौं”, कार्कीले भन्नुभयो, “अब जता पायो त्यतै जहाँ पायो त्यहीँं धुमपान गर्दा कारवाही भोग्नुपर्छ ।” सरकारले २०६८ सालमै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन ल्याए पनि प्रभावकारी कार्यान्वयन भएको छैन । विद्यालय र कलेज पढ्ने बालबालिकामा चुरोट खाने प्रवृत्ति बढेको, त्यसपछि क्रमशः युवा दुव्र्यसनमा फस्ने तथा लागुपदार्थ सेवनमा लाग्दा घरपरिवार तथा राष्ट्रकै लगानी खेर जाने, दक्ष जनशक्ति उत्पादनमा ह्रास आउनेजस्ता काम भइरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले एक तिहाइ नेपालीले अहिले पनि धुमपान गरेको तथ्य बताउनुभयो । साथै उहाँले १७ वर्षमुनिबाटै धुमपान सिक्ने गरेको अध्ययनले देखाएको भन्दै विद्यालय तहलाई समयमै सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । अहिले पनि सत्र वर्षमुनिका झण्डै १९ प्रतिशत किशोरकिशोरी त्यस्तो लतमा देखिएको बताइएको छ । त्यस्ता वस्तुको सेवनले क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग र अन्य धेरै नसर्ने रोग लाग्ने गरेको तथ्यसमेत भेटिएको छ । विश्वमा अहिले पनि एक अर्ब मानिस सुर्तीजन्य वस्तुको सेवनबाट नसर्ने प्रकृतिका जटिल रोग बोकेर बसेकोसमेत गुरौले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।