मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३१ वटा ब,लात्कारका घटना दर्ता

वाग्मती, मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३१ वटा ब,लात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चालु आवको साउनदेखि चैत महिनासम्ममा ३१ वटा ब,लात्कारका घटना मकवानपुर प्रहरीमा दर्ता भएको हो । सो कार्यालयमा दर्ता भएका ब,लात्कारका घटनामध्ये हालसम्म प्रहरीले २० जनालाई प,क्राउ गरेको बताइएको छ ।

बलात्कार आरोप लागेका ११ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बतााउनुभयो । यसअघि २०७६÷७७ मा जिल्ला प्रहरी कार्यालय मकवानपुमा ३६ वटा बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यसमा बलात्कारको आरोपमा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ भने पाँच जना अहिलेसम्म फरार रहेको बताइएको छ ।

त्यस्तै २०७५÷७६ मा ३२ वटा ब,लात्कारसम्बन्धी मुद्दा दर्ता भएको र त्यस मु,द्दामा २६ जनालाई प्रहरीले प,क्राउ गरेको छ भने छ जना अहिलेसम्म फरार छन् । आर्थिक वर्ष २०७४÷७५ मा २२ वटा ब,लात्कारसम्बन्धी मु,द्दा दर्ता भएको र त्यस मु,द्दामा आरोपित १८ जनालाई प्रहरीले प,क्राउ गरेको छ भने ४ जना आरोपित अहिलेसम्म फरार रहेका छन् । बलात्कारबाट पीडित हुनेमा बालिकादेखि वृद्धासमेत रहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖