मकवानपुरमा ड,ढेलोले क्षति

वाग्मती,डढेलोका कारणले मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा रु तीन करोड ७० लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलो कारण ३८ घर जलेर नष्ट भएको छ । डढेलोले एक हप्ता अगाडि मकवानपुरमा एक वृद्ध महिलाको मृत्यु भएको छ भने पाँच घाइते भएको प्रहरीले जनाएको छ । घाइते सामान्य उपचारपछि घर फिर्ता भएको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

त्यस्तै डढेलोले तीन पक्की र ३५ कच्ची घर जलेर नष्ट भएकोे छ । साथै २३ गोठ तथा बाख्रालगायतका ५० चौपाया जलेर मरेको छ । केही सङ्घ÷ संस्थाले पीडितलाई राहत सहयोग गरेको पनि जानकारी दिइएको छ ।

यसैबीच डढेलोको कारण मकवानपुरगढीका खानेपानी तथा सिँचाइका पाइपमा क्षति पुगेको छ । त्यहाँ खानेपानीको समस्या भएको छ । गत मगङ्लबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ को सानोगढीबाट शुरु भएको डढेलोले मकवानपुरगढी बृहत् खानेपानीको १४० एमएमको १०० मिटर पाइप नष्ट भएको बताइएको छ ।

त्यहाँ प्रथम धवाडी सिँचाइ, माथिल्ला धवाडी सिँचाइ, धवाडी दोस्रो खानेपानी र धरमपानी खानेपानीअन्तर्गत ४०० मिटर पाइप नष्ट भएको धवारी दोस्रो खानेपानी उपभोक्ता समूहका सचिव इमनाथ तिमल्सिनाले जानकरी दिनुभयो । अप्ठ्यारो ठाउँ भएकाले आगो निभाउनसमेत समस्या रहेको उहाँले बताउनुभयो । मकवानपुरगढी बृहत् खानेपानी योजनाअन्तर्गतका १५० मिटर पाइप पनि डढेलोका कारणले नष्ट भएको उक्त बृहत् खानेपानी उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

पाइप नष्ट भएकाले गाउँपालिकाको वडा नं २, ३ र ४ का करिब दुई हजार घरपरिवार खानेपानीबाट प्रभावित हुन पुगेका छन् । पाइप नष्ट भएको स्थानमा नयाँ पाइप जोड्न र मर्मत गर्न समय लाग्नेछ । मर्मतसम्भार नभएसम्म पानीका वैकल्पिक उपाय खोज्न र पानीको कम प्रयोगमा जोड दिन उपभोक्ता समूहले आग्रह गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖