विधेयक विधायन समितिमा

गण्डकी,गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो । यसअघि विधेयकबारेको सामान्य छलफलमा सदस्यले समृद्धि र विकासका लागि आर्थिक अनुशासन अनिवार्य सर्त भएको बताउनुभयो । प्रदेशसभा सदस्य राजीव पहारीले प्रदेशमा आर्थिक अनुशासनलाई प्रभावकारी बनाउनका लागि विधेयक महत्वपूर्ण बन्ने बताउनुभयो । अर्का सदस्य दीपक कोइरालाले नीतिगत भ्रष्टाचार राज्यमा गम्भीर समस्याका रुपमा देखिएको बताउँदै यसको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य सरिता गुरुङले अझै पनि असारे बजेटबाट मुक्त हुन नसकिएको बताउँदै यसको अन्त्यसहित बजेटको बाँडफाँड आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिनुभयो । अर्का सदस्य मीनप्रसाद गुरुङले सरकारको सफलता एवं असफलता आर्थिक क्रियाकलापले निर्धारण गर्ने बताउँदै आर्थिक गतिविधिलाई प्रभावकारी बनाउन विधेयकले अविभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य कुमार खड्काले भ्रष्टाचार गम्भीर समस्याका रुपमा देखिएको बताउँदै आर्थिक पारदर्शिता अनिवार्य सर्त भएको बताउनुभयो । विधेयकमा उल्लेखित विषय संविधान र ऐनको बर्खिलापमा आउन नहुने उहाँले स्पष्ट पार्नुभयो ।

छलफलमा प्रदेशसभा सदस्य कृष्ण थापा, हरिशरण आचार्यलगायतले आर्थिक अनुशासन कायम गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशका मन्त्री गुरुङले प्राप्त सुझावलाई आत्मसात गरिने बताउनुभयो । हिजो आर्थिक कार्यविधि ऐनका रुपमा रहेकोमा यसलाई अझै पारदर्शी, थप स्पष्ट पार्नुपर्छ भन्ने सोचका साथ यो विधेयक ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । बैठकमा प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।