किङ कोब्रा भेटियो

बलेवा, बागलुङ नगरपालिका–७ मूलपानीमा विषालु स,र्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ। स्थानीय सुदीप गौतमका घरमा उक्त सर्प भेटिएको हो । स,र्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट ‘स,र्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ ।

कतिलाका अनुसार किङ कोब्रा नेपालको दुई हजार २०० मिटरसम्म पाइन्छ । शुक्रबार भेटिएको स्थान भने एक हजार ५०० मिटरको हाराहारीमा पर्छ । सुरक्षामा खटिएका प्रहरीले उक्त सर्प १२ फिट लामो र पाँच किलोग्रामको भएको बताउनुभयो ।

स,र्प नै खाने यो स,र्प केही खाएर आराम गरेका बेलामा घरभित्र पसेको हुन सक्ने उहाँले अनुमान गर्नुभयो । लामो अध्ययनका क्रममा पनि यो सर्पले जो पायो त्यसैलाई नटोकेको भेटिएकाले मार्ने वा अन्यत्र लाने नगरी गाउँ नजिकै छाडेको बताउनुभयो । प्रायः किङ कोब्राले टोक्दैमा विष लाग्छ भन्नेसमेत नभएको उहाँले बताउनुभयो । “यो सर्पले चाहेका बेला मात्र वि,ष बमन गर्छ”, उहाँले भन्नुभयो, “वि,ष बमन गरेको खण्डमा टोकेको ३० मिनेटमै मानिसको मृ,त्यु हुन्छ ।”

सहायक वन अधिकृत सन्दीप पौडेलका अनुसार पछिल्लो समय बागलुङ बजार आसपासमा किङ कोब्रा र अन्य प्रजातिका विषालु सर्प देखिन थालेकाले अस्पतालमा औषधि उपचारको व्यवस्थापनसमेत गर्नुपर्ने माग गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖