जिप दु’र्घटना : मृ’तकको सङ्ख्या ६ पुग्यो, ३ जनाको अवस्था ग’म्भीर

बैतडी । जिल्लास्थित पञ्चेश्वरमा मङ्गलबार भएको जिप दु र्घटनामा परी मृ त्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृ त्यु भएसँगै मृ तकको सङ्ख्या ६ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृ त्यु भएको हो । यसअघि पञ्चेश्वर–६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृ त्यु भएको थियो भने चालक तेजबहादुर बोहराको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृ त्यु भएको थियो । शव जिल्ला अस्पतालको श वगृहमा राखिएको छ ।

पञ्चेश्वर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से१ज १८३ नंको जिप मङ्गलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दु र्घटना भएको थियो । सोमबार राति चट्याङ लागेर मृ त्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दु र्घटनामा परेको हो । जिपमा मृ तक वडा सदस्यको शवसहित ११ जना थिए ।

दुर्घटनामा परी अन्य चार जना घा इते भएका छन् । घा इतेमध्ये तीन जनाको अवस्था ग म्भीर छ । ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलीपसिंह भण्डारीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल लैजान सिफारिस गरिएको छ । घा इते मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

साँघुरो घुम्तीमा मोड्न नसकेपछि ब्याक गर्दा जिप दु र्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ । वडा सदस्यको मृ त्युले शोकमा डुबेको रोडिदेवल गाउँ थप ६ जनाको दु र्घटनामा परी मृ त्यु भएसँगै थप शोकमा डुबेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।