हावाहुरी र भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव

काठमाडौं । आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सम्बिन्धत सबैलाई मौसमविद्ले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

‘गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ,’ मौसमविद् बासीले बुधबार बिहान भनिन्, ‘यसअन्तर्गत काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुन सक्छ।’

मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ स् देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

अहिले प्रिमनसुन हो। यस अवधिमा भारी वर्षा खासै हुँदैन। तर यसपटक भारी वर्षाको समेत सम्भावना देखिएको मौसमविद् बासीले बताइन्। ‘भारी वर्षा मनसुन (योपछि आउने सिजन) मा हुनुपर्ने हो,’ उनले भनिन्, ‘तर यसपालि प्रिमनसुनमै भारी वर्षाको सम्भावना देखियो।’

उनका अनुसार प्रिमनसुन अन्त्य भएर मनसुन (वर्षा याम) आउन अझै एक महिनाजति नै बाँकी छ। ‘यसपालि मनसुन पनि अलि चाँडै भित्रिएलाजस्तो संकेत देखिएको छ,’ उनले भनिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।