जीप दु’र्घटनामा चालकको मृ त्यु
देउखुरी, २२ वैशाख । दाङमा स्कारपियो दु र्घटना हुँदा एक जनाको मृ त्यु भएको छ भने दुईजना गम्भीर घा इते भएका छन् । रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही–४ उर्लेकेनी ओरालोमा सडकबाट करीब ८०० मिटर तल खसेर दु र्घटना भएको थियो ।
उक्त दु र्घटनामा गाडी चालक घोराही–१६ का अन्दाजी २८ वर्षीय विष्णु गिरीको घटनास्थलमा नै मृ त्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिनुभयो ।
दु र्घटनामा तुलसीपुर–१६ का अन्दाजी २३ वर्षीय वसन्त भण्डारी र तुलसीपुर–४ का ३३ वर्षीय राजकुमार थापा घा इते हुनुभएको छ । घा इतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
डोजर मर्मतका लागि रोल्पा पुगेका उनीहरु जीप रिजर्भ गरेर दाङ फर्कंदै गरेका थिए । राति दु र्घटना भए पनि कसैले थाहा नपाएका कारण आज बिहान मात्रै घा इतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । मृ तकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । (रासस)


