बट्टाई पालनमा युवा आकर्षित

मेनका चौधरी/बाँके,२२ वैशाख । बाँके जिल्लाको खजुरा गाउँपालिका ­३ मनकामनामा मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । मानबहादुरले व्यावसायिकरुपमा बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन तर उहाँको मेहेनत र लगनले गर्दा छोटो समयमा राम्रो प्रतिफल लिन सफल हुनुभएको छ ।

रक्तिम सांस्कृतिक मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका मानबहादुर एक कुशल कलाकारका साथै प्रखर वक्ताको रुपमा पनि चिनिनुहुन्छ । अहिले उहाँको परिचय त्यतिमा मात्र सिमित छैन, एक व्यावसायिक किसानको रुपमा पनि चिन्न थालिएको छ ।

लामो समयदेखि राजनीतिमा लाग्नुभएका मानबहादुरको ध्यान अब आर्थिक उपार्जन गरी समाज परिवर्तनतर्फ सोझिएको छ । राजनीतिमा लाग्नेहरुले पनि उत्पादनमा लाग्नु पर्ने उहाँको धारणा छ । आफूले कृषिलाई व्यावसायिक बनाएर लैजाँदै गर्दा आफ्नो घरखर्च जुटाउन सकिने र अरुका लागि पनि उदाहरण बन्ने भएकाले पनि आफू बट्टाईपालनतर्फ लागेको उहाँले बताउनुभयो । आफ्नै ह्याचरीसहित बट्टाईको चल्ला उत्पादनतर्फ लाग्नुभएका मानबहादुरले स्थानीय कुखुरा, हाास, टर्की, कडकनाथको पालनलाई पनि विस्तारै बढाउँदै लैजाने उहाँको तयारी रहेको छ ।

मानबहादुरले पाँच महिनाअघि गाउँघरबाट बट्टाईका माउ र भाले सङ्कलन गरी व्यवसायको शुरुआत गर्नुभएको हो । शुरुमा ६०० देखि शुरुवात गर्नुभएको उहाँले पछि ३०० थपेर व्यावसायिक यात्रालाई अघि बढाउनुभएको हो । अहिले उहाँसँग तीन हजार बढी बट्टाई छन् । दुई चरणमा ५५० वटा बट्टाई त उहाँले विक्री पनि गरिसक्नुभएको छ । एक जोडीलाई रु ३०० मा विक्री गर्न गरेको उहाँले बताउनुभयो । बजारको समस्या नभएको उहाँको भनाइ छ । चल्ला, बयस्कदेखि बट्टाईका अण्डा पनि सहजै विक्री हुने गरेको छ । उहाँका अनुसार ग्राहकहरु घरमै आएर किन्ने गर्दछन् ।

तीन हजार २४० क्षमता भएको ह्याचरी घरमै रहेकाले पनि चल्ला निकाल्न उहाँलाई कुनै समस्या छैन । उक्त बट्टाईपालन तथा ह्याचरी सञ्चालनमा हालसम्म रु आठ लाख जति लगानी भइसकेको उहाँ बताउनुहुन्छ । बट्टाईका चार वटा जातहरु उहाँसँग रहेका छन् । बट्टाईपालनलाई थप बढाउन युवा नेता तथा किसान मानबहादुरले नयाँ योजना बनाइसकेको र छिटै विभिन्न जिल्लामा यसको उत्पादन पु¥याउने योजना बनाउनु भएको छ । मानबहादुरलाई यो व्यवसायमा परिवारबाट पनि पूर्ण रुपमा सहयोग मिलेको छ । उहाँ भन्नुहुन्छ, “परिवारको सहयोग नहुने हो भने एक्लो व्यक्रिले चाहँदैमा केही गर्न सकिंदैन ।”

उत्पादन दिनहुँ बढ्दै जाँदा बजारको अभाव हुने हो कि भन्ने डर मानबहादुरलाई लागिरहेको छ । छोटो समयमा यति राम्रो व्यवसाय सञ्चालन गर्न सकेकामा उहाँ निकै खुशी देखिनुहुन्छ । उहाँको घरमा फार्म हेर्न र उत्पादित बट्टाई र अण्डा खरीद गर्न टाढाटाढाबाट पनि मानिस आउने गरेका छन् । बट्टाईको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उहाँको भनाइ छ ।

बट्टाईपालन शुरु गर्नुअघि नजिकैको ज्ञानोदय नमूना माविमा मानबहादुरले चमेना गृह सञ्चालन गर्दै आउनु भएको थियो । गत वर्ष लामो समय कोरोना कहरका कारण बन्दाबन्दी हुँदा विद्यालय पनि नियमित सञ्चालन नभएपछि मानबहादुरले कृषि व्यवसाय रोज्नु भएको हो । “पहिलेदेखि नै यस व्यवसायतर्फ मेरो ध्यान गएको थियो तर कोरोनाले गर्दा यसतर्फ लाग्न प्रेरित ग¥यो”, उहाँ भन्नुहुन्छ, “कोरोना मेरा लागि व्यवसायमा लाग्ने अवसर बन्यो ।”

थोरै लगानीबाट पनि छोटो अवधिमै आम्दानी गर्न सकिने भएकाले अन्य युवालाई पनि उहाँ यसतर्फ लाग्न प्रेरित गर्नुहुन्छ । ‘‘पालेको डेढ÷दुई महिनामै बिक्री शुरु गरेँ, चल्ला किन्नेहरु घरमै आउँछन्’’, मानबहादुरले भन्नुभयोे, ‘‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गर्न भ्याएको छु ।’’(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।