विन्ध्यवासिनीमा चरालाई नियमित चारा व्यवस्थापन

गण्डकी, २५ वैशाख । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कास्की जिल्लामा निषेधाज्ञा जारी भएका कारण सुनसान विन्ध्यवासिनी मन्दिर परिसरमा चरालाई चारा व्यवस्थापन भने नियमित गरिएको छ । मन्दिरमा सर्वसाधारणका लागि पूजाआजामा रोक लगाइएका कारण भक्तजन आउन छोडे पछि परिसरमा रहेका चराहरूलाई चाराको समस्या हुने अवस्थालाई दृष्टिगत गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिले नियमित चाराको व्यवस्थापन गराएको हो ।

अघिल्लो वर्षको लामो समयको बन्दाबन्दीमा पनि समितिले चारा व्यवस्थापन गरेको जानकारी दिदै समितिका सचिव तीर्थ श्रेष्ठले यस वर्ष पनि कोरोना महामारी बढ्दै जान थालेपछि वैशाख ९ गतेबाट मन्दिरमा नियमित बाहेकको पूजाआजामा रोक लगाइएको जानकारी दिनुभयो ।

पूजाआजामा रोक लगाइएसँगै भक्तजनको आगमन बन्द भए पछि चराचुरुङ्गीलाई हुने आहाराको समस्या नहोस् भन्दै चारा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

मन्दिरमा विवाह लगायतका कार्यका लागि निरन्तर सोधपुछ हुने गरेको उल्लेख गर्दै श्रेष्ठले आँफूहरूले महामारी बढेका कारण नआइदिनुहोला भन्ने जवाफ दिने गरेको बताउनुभयो । “कतिपय त सोधपुछ नगरी विवाहका लागि सिधै पनि मन्दिरको ढोकामा आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “त्यस्ताका लागि व्यवहारिकता बोध गर्दै वर र वधु पक्षका बढीमा तीन तीन जनाका दरले पठाउने गरेका छौं ।”

अघिल्लो वर्ष कोरोना महामारी शुरु भएपछि बन्दाबन्दीको समयावधि सहित झण्डै सात महिना मन्दिरमा पूजाआजामा रोक लगाइएको थियो । सचिव श्रेष्ठका अनुसार सामान्य अवस्थामा मन्दिरमा पूजाआजाका लागि आउने भक्तजनबाट भेटीघाटीस्वरुप लगभग मासिक एक लाख रुपैयाँ सहयोग सङ्कलन हुँदै आएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।