खप्तड जोड्ने सडकमा कालोपत्र शुरु

डोटी, २८ वैशाख । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ ।

अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम शुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरी बताउनुभयो । उहाँले भन्नुभयो, “सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्म कालोपत्र काम शुरु भएको छ, बाँकी काम पनि चाँडै शुरु हुनेछ ।”

सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिनुभयो । खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न रु ४० करोड ठेक्का सम्झौता भएको छ । उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएसँगै कामले तीव्रता पाएको स्थानीयवासी सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड जोड्ने सडकको कामले तीव्रता पाएको छ, समयमै काम सकिए अब खप्तड पुग्न पर्यटकलाई निकै सहज हुनेछ ।”

विगतमा उक्त सडक वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौँदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि यहाँका पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक सञ्जाल नभएकै कारण सुन्दर सुदूरपश्चिमको मुटु मानिएको खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुने भएपछि पर्यटक भित्र्याउन सहज हुने र यहाँका नागरिकको आयस्तर वृद्धि हुने देखिन्छ ।”

कोरोना जोखिमले देश आक्रान्त बनेको बेला उक्त सडकमा काम गर्ने कामदारको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै तथा कोरोना जोखिमबाट बच्न अपनाउनुपर्ने सबै विधि अपनाएर काम शुरु भइरहेको सडक निर्माण तथा कालोपत्रको जिम्मा पाएको सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।