घा’इते परिवारलाई मन्त्री आलेको सहयोग
काठमाडौँ, ३० वैशाख । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले ग्या स प ड्किएर घा इते एक परिवारलाई आज आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री आलेले नेपाली सेनामा कार्यरत डोटीको शिखर नगरपालिका–६ का टेकबहादुर मल्लको परिवारलाई रु पच्चीस हजार सहयोग गर्नुभएको हो ।

मल्लको काठमाडौँ महानगरपालिका–२८ स्थित कोठामा यही वैशाख १९ गते ग्यास प ड्किएर आ गलागी हुँदा उहाँका बुवा, श्रीमती र छोराछोरी घा इते हुनाका साथै भौतिक सम्पति न ष्ट भएको थियो । मल्ल परिवारको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शेरबहादुर मल्लले घटनाबारे जानकारी गराएपछि मन्त्री आलेले सहयोग गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।(रासस)


