काठमाडौंको चन्द्रागिरि नगरपालिका आजदेखि एक हप्ता सिल

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा आजदेखि एक हप्ताका लागि सिल गरिएको छ । कोरोना सङक्रमितको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले आजदेखि एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो । नगरपालिकामा सिल भएसँगै घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अरु सेवा र पसल पूर्णरुपमा बन्द रहने नगरप्रमुख गिरीले जानकारी दिए ।

चिनियाँ खोपको दोस्रो मात्रा लगाउनेका लागि पहिलो पटक लगाएको खोपको कार्डका साथ तोकिएको मितिमा खोप केन्द्रसम्म जान पाउनेछन् । एम्बुलेन्स सहित स्वास्थ्य, खानेपानी, दुग्ध, फोहोरमैला र कृषि उपजका गाडी स्वास्थ्यका मापदण्ड पालना गरी गुड्न पाउने नगरप्रमुख गिरीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।