अदानचुलीद्वारा एक साताका लागि सबै सेवा बन्द

सिमकोट,कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकामै परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै काम अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले जानकारी दिनुभयो ।

आइतबार गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकको निर्णयानुसार आइतबारदेखि नै लागू हुने गरेर गाउँपालिकाका सबै काम बन्द गर्ने निर्णय गरिएको हो । गाउँपालिकाले एन्टिजेन विधिमार्फत शनिबारदेखि शुरु गरेको परीक्षणमा सात जनामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकालाई सिल गर्ने निर्णय गरिएको हो ।

बैठकले सोमबारदेखि गाउँपालिका, वडा कार्यालयमा राखिएका इन्टरनेट सेवासमेत जेठ ९ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको बताइएको छ । कार्यालयमा राखिएको इन्टरनेट सेवाका कारण प्रयोगकर्ताको भिड लाग्ने भएपछि त्यस्तो निर्णय गरिएको हो । बन्दको समयावधिमा वडाध्यक्षको सिफारिसमा एक गाउँबाट अर्को गाउँ आउन र जान पाउने निर्णय गरिएको उपाध्यक्ष ऐडी जानकारी दिनुभयो ।

“जेठ ९ गतेसम्म गाउँपालिकाभित्रका सबै होटेल तथा पसललाई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेका छौँ”, उपाध्यक्ष ऐडीले भन्नुभयो, “यो अवधिमा मेसिनले गर्ने कामबाहेक अन्य सबै विकास निर्माणका कामलाई समेत तत्काल स्थगन गर्ने निर्णय गरिएको छ ।”

सिमकोट–७ पनि सिल

यसैगरी कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै सिमकोट गाउँपालिकाको वडा ७ लाई पनि आइतबारदेखि सिल गर्ने निर्णय गरिएको छ । वडाको निर्णयानुसार जिल्लाले जारी गरेको निषेधाज्ञाको अवधिमा वडाक्षेत्र पूर्णरूपमा सिल गरिएको वडाध्यक्ष राजबहादुर शाहीले बताउनुभयो।

उहाँका अनुसार पूर्वमा सिमकोट लाग्ना, पश्चिममा नाम्खाको ताग्रु खोला, दक्षिणमा सिमकोट–८ को स्याँडा जाने पुल र उत्तरमा हिल्सा–सिमकोट सडकभित्रको चार किल्लालाई सिल गर्ने निर्णय वडाले गरेको छ । बाहिरबाट आउनेहरुका कारण कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएकाले निषेधाज्ञाको अवधिभर वडालाई सिल गर्ने निर्णय गरिएको वडाअध्यक्ष शाहीले जानकारी दिनुभयो।

हुम्लामा एन्टिजेन परीक्षणमा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । जिल्लामा हालसम्म ४६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।