गरीब जनतालाई उज्यालो

रोल्पा, सुनिलस्मृति गाउँपालिका – ४ ले गरीब जनताका लागि उज्यालो दिएको छ । वडाका २० युनिटभन्दा कम विद्युत् खपत गर्दै आएका ५२७ घरधुरीलाई विद्युत् उपलब्ध गराइएको हो ।

कोरोनाका कारण लामो समयदेखि रोजगारी गुमाएका गरीब तथा विपन्नलाई वडा कार्यालयको निःशुल्क उज्यालो कार्यक्रमले प्रत्यक्ष फाइदा पु¥याएको छ ।
कार्यक्रमअन्तर्गत वडाले विपन्नको विद्युत् महसुल नेपाल विद्युत प्राधिकरणमा भुक्तानी गरेको

छ । आठ सय २० घरधुरी रहेको वडामा विद्युत्को पहँुच भएका ७५९ घरधुरी छन् । विद्युतको पहँुचमा रहेकामध्ये २० युनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीका लागि विद्युत महसुल तिरिदिइएको वडाध्यक्ष गञ्ज क्षेत्रीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।