पिडितहरुको घरमा खाद्यान्न राहत पुर्याउंदै पत्रकार चन्द

काठमाडौं । कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएसँगै सरकारले यसलाई फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख १६ गतेदेखि सुरुमा एक हप्ताका लागि गरिएको निषेधाज्ञा थपिने क्रम जारि छ।

निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक सबै सेवा वन्द गरेको, मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकाले उपत्यकामा बसोबास गर्दै आएका असाहय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरू भोक भोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

 

एकातिर यो महामारीमा दैनिक हजारौ संक्रिमित भइरहेका र सयौंले ज्यान गुमाइरहेका छन् भने अर्कोतिर दैनिक ज्याल र मजदुरी गर्ने तथा असाहयहरू खान नपाउने अवस्था सिर्जना भएको छ । यस्तोमा केही मनकारी व्यक्तिहरूले सहयोग पु¥याइरेका छन् ।

 

यस्तै मध्येका एक हुनुहुन्छ, सूर्य चन्द । उहाँले निषेधाज्ञाको सुरु देखि सहयोग पु¥याउँदै आउनु भएको छ । सुरुमा आफ्नै खर्चले सहयोग गर्दै आउनुभएको उहाँले पछिल्लो समय विभिन्न सहयोगी हातहरूको साथमा राहत वितरण गर्दै आउनुभएको छ । मानिसहरु यस विषम परिस्थितिमा भोकले छटपटिएर बस्न बाध्य छन्। त्यहि भोको पेटहरुलाई सहयोग गर्न आफ्नो ज्यान नै जोखिममा राखेर हरेक दिन पिडितहरुको घरमा खाद्यान्न राहत पुर्याउन ब्यस्त छन् सूर्य चन्द।

निषेधाज्ञा लम्बिदै जाँदा चुलो बल्न छाडे पछि प्रत्यक्ष सम्पर्क तथा विभिन्न व्यक्तिको सिफारिसमा राहत पु¥याइरहेको चन्दले बताउनुभयो । उहाँले हाल सम्म विभिन्न ५० भन्दा बढी कलाकार, गायक गायिका तथा सर्बसाधारण व्यक्तिहरुलाई चामल, दाल, नुन, तेल लगायतका सामग्री उपलब्ध गराएको बताउनुभयो । यस्तै केही दिन अघि एक सय जना भन्दा बढीलाई खाना खुवाइएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी विभिन्न आश्रममा रहेकालाई खाना खुवाउने कार्यक्रम समेत गर्दै आउनुभएको छ ।

यस्तै उहाँले महामारीमा अहोरात्र जनताको सेवामा खटिनुभएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूलाई उपत्यकाको विभिन्न स्थानमा पुगेर मास्क, सेनिटाईजर र पानी पनि वितरण गर्दै आइरहनु भएको छ । उहाँहरूको हौसला बढाउन केही दिन पहिला विभिन्न ठाउँमा पुगेर सुरक्षाकर्मीलाई गुलावको फूल वितरण पनि सूर्यले गर्नुभएको थियो ।

बिगतको महाभुकम्प,बाडीपहिरो, प्राकृतिक बिपत्तिको समयमा समेत सक्रिय भई सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका उनले गत बर्षको लकडाउनमा लगातार तीन महिना खाना खुवाउने कार्यमा पूर्णरुपमा सहभागिता रहेको थियो । यसपाली पनि उहाँ यस कार्यमा सक्रिय भएर लाग्नुभएको छ ।

उहाँलाई यस कार्यमा अञ्जु बुढाथोकी, अम्बिका गुरुङ, एभरेस्ट सुर्य बोहरा, विश्व नेपाली, लक्ष्मि थापा, लतिका श्रेष्ठ, निशु झा, आश्विन झा, बद्री श्रेष्ठ, जस्मिन मुनिकर लगायतले साथ दिनु भएको छ । ‘सुरुमा म आफैँ आफ्नै व्यक्तिगत खर्चमा आफूले सक्दो राहत पु¥याउन लागेको थिए, तर पछिल्लो समय मलाई विभिन्न व्यक्तिहरूले यस कार्यमा सहयोग पु¥याइ रहनुभएको छ’, उहाँले भन्नुभयो ।

यस पवित्र कार्यका लागि इच्छुक व्यक्तिहरूले आफूलाई सम्पर्क गर्नसमेत उहाँले अपिल गर्नुभएको छ । सूर्य चन्द आफैँमा एक कुशल सञ्चारकर्मी, कलाकार हुनुहुन्छ भने कला क्षेत्र र समाजसेवामा उहाँको त्यतिकै लगाव रहेको छ । हिमालय दैनिक बाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।