जङ्गल जोगाउन गाउँपालिकामा सबै घरपरिवारलाई खाना पकाउने ग्यास वितरण

जाजरकोट,दाउरा कम पाइने डोल्पाको काइके गाउँपालिकामा सबै घरपरिवारलाई खाना पकाउने ग्यास वितरण गरिएको छ । दाउरा अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिण्डर र एउटा चुलो वितरण गरिएको काइके गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिनुभयो ।

सातवटा वडा रहेको गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजार हाराहारी छ । सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा ग्यास, चुलो वितरण गरिएको रोकायले बताउनुभयो ।

उहाँले रु एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको जानकारी दिनुभयो । वनजङ्गल संरक्षण तथा धुवाँधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले बताएको छ ।

अत्यधिक चिसो हुने यस ठाउँमा दाउराबाट आगो बाल्न मुश्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको बताएको छ।

ग्यास सिलिण्डर नेपालगञ्जबाट खरिद गरी जाजरकोट हुँदै डोल्पासम्म गाडीमा ढुवानी गरिएको हो। दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गरिएको थियो । प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गरिएको छ । दुई हजार सिलिण्डर र एक हजार ५० वटा चुलो वितरण गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।