दुर्घटनामा घाईते भएका धनकुटाका गुरणराज विक खर्चको अभावमा अस्पतालमै अलपत्र

धरान । गतसाता दमकमा ट्याक्टर दुर्घटनामा परि शक्त घाईते भएका धनकुटा जितपुरका विपन्न परिवारका गुणराज विश्वकर्माले अफ्नो उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् ।

कामको खोजिमा कोरोना कहरकैवीच दमक पुगेका विक दुर्घटनामा परेपछि स्थानीयले नजिककैको अस्पतालमा भर्ना त गरे तर उनलाइ सामान्य उपचार वाहेक डाक्टरहरुले केही गरेनन । साथमा एक पैसा पनि नभएका विकसंग ५५ हजार बुझाए मात्र अस्पालबाट डिस्चार्ज गर्नै भन्दै अस्पतालले वार्गिनिङ् गर्यो । मजदुरी गर्दै जीवन गुजारी रहेका विक दुर्घटनामा परेपछि काठमाडौंमा रहेका छोराको सम्पर्कमा आएका थिए ।

बाबुले नहेरेपछि कठमाडौंमा पढ्दै मजदुरी गर्दै आएका छोरा गुन्जनले बाबुले नहेरी पनि छोराको धर्म निर्वाह गर्छु भन्दै साथीभाइसंग सरसापट गरी अस्पतालले मागेको ५५ हजार बुझाए र थप उपचारका लागि धरानको विपीमा भर्ना गरे । उनको स्वास्थ्यको रिपोट अनुशार मेरुदण्डमा गम्भिर चोट लागेको र एउटा खुट्टा भाँचिएको अस्पतालले जनाएको छ ।

विगत १५ बर्षदेखि श्रीमित र परिवारसंग वेखवर भएका उनको विरामी पर्दा खर्च गर्नै त परै जाओस पकेट खर्चपनि थिएन् । उनलाइ ठक्टर दिने ट्याक्टर पहिचान गर्न नसकिएको उनका छोरा गुन्जन बताउछन् । आफैलाइ खाने बस्ने खर्च त छैन अव बुवाको उपचार कसरी गर्नु भन्दै आफ्नो ब्यथा यसरी सुनाउछन अस्पताल भर्ना त गरेको छु तर के कति खर्च लाग्छ थाहा छैन बुवालाइ खाने पैसा समेत छैन न त ओड्ने कपडानै ।

बुवको उपचारका लागि उनले आप्ना दाजुभाइ र चेलिवेटीहरुलाइ धेरै पटक फोन घुमाए तर कसैले पनि सहयोग गर्नै बचन दिएन कतिपयले त सहयोग गर्नुपर्छ भनेर फोननै उठाएन छोरा गुन्जन दुखेसो पोख्छन् ।

म र बुवासंग पैसा नभएपनि सहयोगी मन भएका तपाँइहरुसंग सहयोगको अपेक्षा गरेको छु । यो विपत्तको वेला धर्म गर्नुहोस के गरिवले पैसा नभएर मर्नैदिन आएकै हो गुन्जन प्रश्न गर्छन ?

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।